कांग्रेस कार्यकर्ताहरुको धर्नामा डडेल्धुरा पुगेरै नेता कोइरालालगायतले जनाए ऐक्यवद्धता « Khabarhub

कांग्रेस कार्यकर्ताहरुको धर्नामा डडेल्धुरा पुगेरै नेता कोइरालालगायतले जनाए ऐक्यवद्धता


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस क्रियाशील सदस्यता विवादलाई लिएर डडेल्धुरामा अनसनरत नेता तथा कार्यकर्ताहरुको धर्नामा नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरेले ऐक्यवद्ता जनाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेलसहित डेडेल्धुरा पुगेका तीनै जना नेताले उनीहरुको अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्तालाई डडेल्धुरा पुगेर उनीहरुको गुनासो सुनेका हुन् । उनीहरुको गुनासो सुन्दै नेताहरुले तत्कालका लागि अनसन लगायतका कार्यक्रम स्थगित गरी पुनः सुचारु गर्न भनेका थिए ।

विजयादशमी पछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी नेताहरूको रहोबरमा विगत ११ दिनदेखी जारी धर्ना उनीहरुले आजदेखि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ४२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ