७० वर्षको उमेर हद लागू हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा बलियो मत « Khabarhub

७० वर्षको उमेर हद लागू हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा बलियो मत


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ । महाधिवेशनमा ७० वर्ष उमेर पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउनेछ र एक कार्यकाल पूरा गर्न पाउनेछ ।

यसअनुसार ७० वर्ष पूरा हुनुअघि निर्वाचित भएको पदाधिकारी करिब ७५ वर्षसम्म पदीय जिम्मेवारीमा रहनेछ । ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।

अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन् ।

केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक जना र सचिव ७ जना रहने छन् । यसरी केन्द्रमा १५ जना पदाधिकारी हुनेछन् । केन्द्रमा एक सचिवालय रहने छ ।
पालिट ब्यूरोको व्यवस्था खारेज भएको छ ।

वडादेखि केन्द्रसम्म पार्टी कमिटीहरू रहनेछन् । पार्टी कमिटीको आधार संख्या ५० हुनेछ । यो संख्यलाई आधार मानेर जिल्ला कमिटीमा जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जना थपिने छन् । प्रदेशसभा निर्वाचन क्षेत्र दुई वटा रहेका जिल्लामा ६० जनाको जिल्ला कमिटी हुनेछ ।

सहभागीहरूका अनुसार महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्नुपर्ने कुरा जोडदार रूपमा उठेको छ । यो विषय यही महाधिवेशनले प्रस्तावको रूपमा पारित गर्नेछैन तर यसलाई बहसमा लगिने भएको छ ।

अनुशासन पालनाको कुरा पनि निकै जोडदार रूपमा उठेको छ । कार्यविभाजनमा पारदर्शिता, महिला सहभागिता वृद्धि, नेतृत्व तहमा महिलाको उपस्थिति लगायतको कुरा पनि निकै जोडदार रूपमा उठेको छ ।

सभामा विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनमा समूह छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रस्ताव तथा प्रतिवेदन प्रस्तोता नेताहरूले दिएका थिए ।

आजै सम्मेलन केन्द्रमा स्थायी कमिटी बैठक पनि भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : २९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ