दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन् ।

“४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ”, उनले भने । दशैँलगत्तै एक लाख फाइजर खोप आउने उनको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने र बालबालिकालाई उपलब्ध गराउने बताए । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो ।

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले सङ्क्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिँदै पूर्वतयारी स्वरूप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

फाउन्डेशनले रु ४१ करोड ४८ लाख ४९ हजार ३०० बराबरको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको नकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : १६ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर