प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति « Khabarhub

प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राकृतिक विपदमा परेर  गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् ।

असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर घर फर्कंदै गर्दा चौधरीलाई खोलाले बगाएको थियो । यो त उदाहरण मात्रै हो जिल्लामा विपद्मा गरेर ज्यान गुमाउनेहरु धेरै छन् ।

यही भदौ १७ गते नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नं को कार घोराही–४ सिस्ने खोलामा आएको बाढीले बगाउँदा गाडीमा सवार चार महिलाको मृत्यु भएको थियो । चालक भने घाइते अवस्थामा फेला परेका थिए ।

दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपदमा घटनामा परी १३ जनाको मृत्यु भएको छ । विपदबाट करिब रु साढे तीन करोड बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेका छन् । त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन् ।

यसैगरी विपदबाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिए । उनकाअनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु ५२ लाख ७५ हजार राहत वितरण गरिएको छ ।

घर भत्किएका परिवारलाई रु १५ देखि २० हजार र मृतकका परिवारलाई रु दुई लाख राहत दिने गरिएको अर्यालले बताए । विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन् ।

दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए । तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी