प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति « Khabarhub

प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राकृतिक विपदमा परेर  गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् ।

असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर घर फर्कंदै गर्दा चौधरीलाई खोलाले बगाएको थियो । यो त उदाहरण मात्रै हो जिल्लामा विपद्मा गरेर ज्यान गुमाउनेहरु धेरै छन् ।

यही भदौ १७ गते नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नं को कार घोराही–४ सिस्ने खोलामा आएको बाढीले बगाउँदा गाडीमा सवार चार महिलाको मृत्यु भएको थियो । चालक भने घाइते अवस्थामा फेला परेका थिए ।

दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपदमा घटनामा परी १३ जनाको मृत्यु भएको छ । विपदबाट करिब रु साढे तीन करोड बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेका छन् । त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन् ।

यसैगरी विपदबाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिए । उनकाअनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु ५२ लाख ७५ हजार राहत वितरण गरिएको छ ।

घर भत्किएका परिवारलाई रु १५ देखि २० हजार र मृतकका परिवारलाई रु दुई लाख राहत दिने गरिएको अर्यालले बताए । विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन् ।

दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए । तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ३० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी