दसैँ तिहारमा ३० हजार खसीबोका माग | Khabarhub Khabarhub

दसैँ तिहारमा ३० हजार खसीबोका माग


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ ।  जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ ।

कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।

जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउँछन् । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनको भनाइ छ ।

जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।

दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् ।

खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए । यस वर्ष यो सङ्ख्या दोब्बर हुने उनको अनुमान छ । पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन् । उनका अनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन् । जिल्लामा ३०० हाराहारी मासु पसल रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ५५ बजे

स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको खर्चको सीमा निर्धारण

काठमाडौं– निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर

धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

मलेखु– काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

काठमाडौं- ऋचा घिमिरे ६० को दशककी स्थापित नायिका हुन् ।

दल दर्ताका लागि महतो निर्वाचन आयोगमा, चुनाव चिह्न माछा

काठमाडौं- राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका