सर्वोच्चले भन्यो : दूषित मनसायले समाचार आयो, खेदजन्य छ « Khabarhub

सर्वोच्चले भन्यो : दूषित मनसायले समाचार आयो, खेदजन्य छ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो मान्छेलाई मन्त्री बनाउन कोटा मागेको भनेर आएको समाचारको खण्डन गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार अपराह्न एक विज्ञप्ति जारी गरेर ‘प्रधानन्यायाधीलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रसारण हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो’ भनेको छ ।

विज्ञप्तिमा सर्वोच्च अदालतको अमूक फैसला समेतका सन्दर्भ जोडी यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय बाहेक अरू केही हुन सक्दैन भनिएको छ ।

विज्ञप्तिमा ‘कुत्सित मनसाय राखेर अदालतको नेतृत्वलाई लाञ्छित गरेको’ तथा ‘समाचार मिथ्यापूर्ण र भ्रामक रहेको’आरोप लगाइएको छ ।

यसै गरी ‘प्रधानन्यायाधीशबाट नेपालको संविधान बमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने आफ्नो स्पष्ट प्रतिबद्धता रहेको धारणा विभिन्न समयमा प्रकट भएको’ कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

न्यायपालिकासँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने गरी प्रकाशन गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश राणाले आफ्नो मान्छेलाई मन्त्री बनाउन आग्रह गरेको र प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको भन्ने समाचार आएपछि चौतर्फी चर्को प्रतिक्रिया उत्पन्न भएको थियो ।

प्रधानन्यायाधीश राणाले सांसद नरहेको व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भन्ने समाचार आएको थियो ।

सर्वोच्च अदालत बार एसोसिएनको टोलीले सोमबार प्रधानन्यायाधीश राणालाई भेटेर समाचारमा आएको कुराका विषयमा जिज्ञासा राखेको थियो ।

सर्वोच्च बारको टोलीसँग प्रधानन्यायाधीश राणाले समाचारमा आाएको कुरा झुठो रहेको र आफूले कहिल्यै त्यस्तो चाहना प्रकट नगरेको बताएका थिए ।

सर्वोच्च बारका सदस्य अनन्तराज लुइँटेलका अनुसार राणाले सरकार बनाउने र मन्त्री नियुक्त गर्ने सबै जिम्मेवारी प्रधानमन्त्रीको भएकोले आफूले कहिल्यै चासो नराखेको बताए ।

प्रधानन्यायाधीश राणाले आफू संविधान पालना र संरक्षणमा प्रतिबद्ध रहेको पनि बताए । उनले समाचार खण्डन गरेर चाँडै वक्तव्य जारी गर्ने र त्यसैमार्फत आफ्नो कुरा प्रष्ट पार्ने पनि जानकारी गराएका थिए ।

बार टोलीले प्रधानन्यायाधीले मन्त्री नियुक्तिमा भाग खोजेको हो भने त्यसो गर्नु न्यायपालिकाको स्वतन्त्रताको विरुद्धमा हुने र त्यस्तो कल्पना पनि गर्न नसकिने कुरा राणासमक्ष राखेको थियो ।

समाचार झुठो हो भने मानहानीको मुद्दा चल्न सक्ने विषयमा पनि कुरा उठेको थियो ।

सर्वोच्च बारको टोलीमा अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्द पौडेल, सचिव ऋषि घिमिरे, सदस्य लुइँटेल लगायत नौ जना सहभागी थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : ५८ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको