मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुचीको स्वास्थ्यमा असर : वकिल « Khabarhub

मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुचीको स्वास्थ्यमा असर : वकिल


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यानमारकी निष्कासित नेत्री आङ सान सुचीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन् ।

देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ ।

उनले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागी निवेदन दिएको उनका वकिल खिन माउङले बताए । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताएका छन् ।

गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : १५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने