पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन | Khabarhub Khabarhub

पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निमार्णको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले प्राधिकरणको समयावधि सकिनै लागेको अवस्थामा प्राधिकरण मातहत रही काम गरेका प्राविधिक जनशक्तिलाई पुनर्निर्माण वा अन्य निकायमा तत्काल व्यवस्थापन गर्ने र यससम्बन्धी ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्न अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले प्राधिकरणबाट हस्तान्तरण भएका तर पुनर्निर्माण पूरा नभएका संरचना निर्माणको लागि जनशक्ति र स्रोतका साथै समयमा नै सम्पन्न गर्ने सुनिश्चितताका लागि समन्वयन गर्न प्राधिकरण र विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका कार्यहरु हस्तान्तरण भइरहेको अवस्थामा हस्तान्तरण नभएका संरचनालाई तीव्र गतिमा पुनर्निर्माण गरिरहेको बताए । उनले रानीपोखरी, धरहरा र सिंहदरबारसंग सम्बन्धी पुनर्निर्माण कार्यलाई पनि अघि बढाइरहेको जानकारी दिए । त्यस्तै मंसिरमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय सहभागीता गराउने तयारी भइरहेको उनले बताए ।

ज्ञवालीले प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाइ अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु विभिन्न मन्त्रालयलाई हस्तान्तरण गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहने ज्ञवालीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : १५ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल