पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन « Khabarhub

पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निमार्णको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले प्राधिकरणको समयावधि सकिनै लागेको अवस्थामा प्राधिकरण मातहत रही काम गरेका प्राविधिक जनशक्तिलाई पुनर्निर्माण वा अन्य निकायमा तत्काल व्यवस्थापन गर्ने र यससम्बन्धी ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्न अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले प्राधिकरणबाट हस्तान्तरण भएका तर पुनर्निर्माण पूरा नभएका संरचना निर्माणको लागि जनशक्ति र स्रोतका साथै समयमा नै सम्पन्न गर्ने सुनिश्चितताका लागि समन्वयन गर्न प्राधिकरण र विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका कार्यहरु हस्तान्तरण भइरहेको अवस्थामा हस्तान्तरण नभएका संरचनालाई तीव्र गतिमा पुनर्निर्माण गरिरहेको बताए । उनले रानीपोखरी, धरहरा र सिंहदरबारसंग सम्बन्धी पुनर्निर्माण कार्यलाई पनि अघि बढाइरहेको जानकारी दिए । त्यस्तै मंसिरमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय सहभागीता गराउने तयारी भइरहेको उनले बताए ।

ज्ञवालीले प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाइ अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु विभिन्न मन्त्रालयलाई हस्तान्तरण गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहने ज्ञवालीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : १५ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका