४६ करोड हिनामिना गरेको आरोपमा पूर्वसभासद्सहित १२ जना पक्राउ « Khabarhub

४६ करोड हिनामिना गरेको आरोपमा पूर्वसभासद्सहित १२ जना पक्राउ


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

ठगी मुद्दाको उजुरीका आधारमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेका सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

पूर्वसभासद्समेत रहेका चर्चित घरजग्गा व्यवसायी तामाङ सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए । उनीमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ।

उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ५१ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग