चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म जरिवाना | Khabarhub Khabarhub

चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म जरिवाना


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् ।

उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन-तीन लाख जरिवाना गरिएको छ ।

मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिएका छन्।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए। चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ३४ बजे

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले