बढाएको पारिश्रमिक पाउनुपर्ने भन्दै पर्वतका बालविकास सहयोगी आन्दोलित « Khabarhub

बढाएको पारिश्रमिक पाउनुपर्ने भन्दै पर्वतका बालविकास सहयोगी आन्दोलित


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्ने क्रममा बढाएको पारिश्रमिक पाउनुपर्ने माग राख्दै जिल्लाका बाल विकास सहयोगी आन्दोलित बनेका छन् ।

कुस्मा नगरपालिकाभित्रका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले आन्दोलन थालेका हुन् ।

सरकारले घोषणा गरेको पारिश्रमिक चार महिना बितिसक्दासमेत पालिकाले उपलब्ध नगराएको भन्दै उनीहरूले बढेको पारिश्रमिक नपाएसम्म विद्यालय नफर्किने बताएका छन् । सरकारले तोकेअनुसारकै मासिक रु १५ हजार पारिश्रमिक पाउनुपर्ने भन्दै कुश्मा नगरपालिकाका सहजकर्ता र विद्यालयका कर्मचारी कुस्मास्थित नगरपालिकाको कार्यालयमा धर्ना दिँदै आएका छन् ।

कुस्मा नगरपालिकाले दसैं भत्तासहित रु ६ हजारका दरले तीन महिनाको तलब खातामा जम्मा गर्न बैंकमा पठाएको सूचना पाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । ‘सरकारले जेठमै घोषणा गरेको पारिश्रमिक दसैँ आउँदासम्म पनि पाउने छाँटकाँट देखिएन’, बाल विकास सहजकर्ता दिव्या सापकोटाले भने ।

कुस्माका विद्यालयमा ७३ बाल विकास सहजकर्ता, ६५ सहयोगी र १८ कर्मचारी छन् । नगरपालिकाका सबै विद्यालयमा बाल विकास सहजकर्ता, आधारभूत विद्यालयमा विद्यालय सहयोगी र माध्यमिक तहमा लेखाको समेत हेर्ने गरी विद्यालय कर्मचारीको व्यवस्था सरकारले गरेको थियो ।

चाडपर्व खर्चसहित पहिलो चौमासिकको पारिश्रमिक जम्मा गर्दा नै बढेको पारिश्रमिक पाउनुपर्ने उनिहरूको माग छ । बाल विकास सहयोगीको मागप्रति नेपाल शिक्षक सङ्घ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले ऐक्यबद्धता जनाएका छन् । सङ्गठनका जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारीले बालविकासका शिक्षक र विद्यालयका कर्मचारीमाथि अन्याय भएको बताए ।

नगरपालिकाले भने सङ्घीय सरकारले बजेट वक्तव्यमा घोषणा गरेर सोहीअनुसार रकम नपठाउँदा बढेको पारिश्रमिक दिन समस्या भएको जनाएको छ । कुस्मा नगर शिक्षा अधिकृत विष्णु तिवारीले शिक्षिकाको माग जायज भए पनि बढेको पारिश्रमिक दिन नगरपालिकाबाट निर्णय नभएको जनाए । ‘नगरपालिकालाई वार्षिक रु दुई करोड अतिरिक्त भार बढ्छ’, उनले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ०३ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान