श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो « Khabarhub

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको जहाज ‘डोमेस्टिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्दा टर्निङको क्रममा जहाजको सन्तुलन बिग्रेको हो । ‘जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिसब्यालेन्स भएर तीन फिट पर सरेको हो, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो ।’, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहेको पनि प्रवक्ता शेर्पाले जानकारी दिएका छन् । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भयो ।’

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिए पनि विमानस्थलबाट हुने उडान सञ्चालनमा कुनै अवरोध नभएको  विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ३५ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका