अमेरिकासँग युद्ध गरे इरानको अन्त्य हुन्छः ट्रम्प « Khabarhub

अमेरिकासँग युद्ध गरे इरानको अन्त्य हुन्छः ट्रम्प


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकाविरुद्ध युद्ध चाहिरहेको भन्दै अमेरिकाविरुद्धको युद्धले इरानको अन्त्य हुने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै इरानले अमेरिकाविरुद्ध युद्ध नै चाहेको भए इरानको ‘औपचारिक रुपमै’ अन्त्य हुने चेतावनी दिएका हुन् । उनले ट्विटमा अमेरिकालाई नधम्क्याउन समेत इरानलाई चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले इरानलाई दिएको यो हालसम्मकै सबैभन्दा कडा चेतावनी हो । यसअघि राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध नचाहेको जनाएका थिए । पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्ध निकै खराब चलिरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी आएको हो ।

यसैबीच इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको छ । बगदादको ग्रिन जोनमा रेकट आक्रमण भएको जनाइएको छ । आक्रमणमा कुनै मानवीय तथा भौतिक क्षति नपुगेको अधिकारीले जनाएका छन् । यता अमेरिकी अधिकारीले भने ‘अमेरिकालाई लक्षित गरी गराइएको’ उक्त आक्रमणमा इरान समर्थित लडाकुको हात रहेको हुनसक्ने भन्दै अनुसन्धान थालिएको जनाएका छन् ।

केही दिनअघिमात्र अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेको अमेरिकी राजदूतावास तथा इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी इर्बिलमा रहेको नियोगबाट आफ्ना कर्मचारी फिर्ता गरेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ४५ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च