राजविराजमा ‘नो मास्क, नो सर्भिस’ | Khabarhub Khabarhub

राजविराजमा ‘नो मास्क, नो सर्भिस’


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग  सुनिश्चितता  शुभारम्भ गरिएको छ ।

प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो ।

कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे ।  उनले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क  उपलब्ध गराउने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसैँ, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ४० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न