बाल शिक्षिका र कर्मचारीको तलब वृद्धि | Khabarhub Khabarhub

बाल शिक्षिका र कर्मचारीको तलब वृद्धि


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई रु १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई रु १५ हजार र विद्यालयका कर्मचारीलाई रु २० हजार ५०० मासिक तलब तोकेको हो । शिक्षक दिवसकै अवसरमा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

सङ्घीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै बाल शिक्षिकाको निरन्तरको आन्दोलनपछि आज बसेको कार्यपालिकाको बैठकले तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । यसरी तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक रु एक करोड ५० लाख दायित्व बढ्ने भएको छ । कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी रहेका छन् ।

नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताए । सङ्घीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैँले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताए ।बैठकले सवारी चालक, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीको पनि तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ४५ बजे

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११