अनलाइनबाट किन्नेहरूको सङ्ख्या दक्षिण कोरियामा १६ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

अनलाइनबाट किन्नेहरूको सङ्ख्या दक्षिण कोरियामा १६ प्रतिशतले वृद्धि


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल-दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६‍‍‍‍.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो । यो सङ्ख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ ।

दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् भने केही अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ५० बजे

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ