वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले गर्न सकेन सदुपयोग | Khabarhub Khabarhub

वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले गर्न सकेन सदुपयोग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकाे अन्नपूर्ण पोस्टले ‘वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ’ शीर्षकमा मुख्य समाचार छापेकाे ५ ।  पूर्वराजको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयो बढेको छट । सरकारले व्यक्ति लाभका लागि कानुनसमेत फेरिदिन थालेको छ ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभरका २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रष्टअन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।  राजधानीको छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला गर्‍यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन् ।

‘विजया घर’ भनेर चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्रार गर्‍यो । काठमाडौं महानगरपालिकाले पनि घरजग्गा खाली गर्न पत्र लेखेको छ । समाचारमा छाउनीको १५ रोपनी एक आना खाली गराउन पत्राचार भएको, सतुंगल–थानकोट १७० रोपनी मोहीका नाममा रहेको , सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल र पूर्वाराजाकै पालामा व्यापारीलाई भाडामा दिइएको जनाइएको छ ।

त्यसै अन्नपूर्णले सिमेन्टका बोरा लेमिनेसन गर्नु’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । सर्वोच्च अदालतले सिमेन्टको बोरा ‘लेमिनेसन’ गरेर मात्र प्याकिङ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदूर र उपभोक्तामा दमलगायत स्वास्थय समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो ।

त्यसैगरी ‘लुट्छन् बिचौलियाले’ शीर्षकमा अर्को समाचार पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । तीन महिनाअघि धनुषाको सीडीओ प्रदीपराज कणेलले मालपोत कार्यालयमै पुगेर कर्मचारलाई भ्रष्टाचार नगर्ने कसम खुवाए । घुसखोरीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भन्दै कणेलको कदमको सर्वत्र प्रशंसा भयो । ‘अब मालपोत कार्यालय जनकपुर सुधि्न्छ’, धेरैले सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेखे, ‘वाह! सीडीओ साप्, धन्यवाद !’

तर, आइतबार मालापोत कार्यालय पुग्दा अवस्था भिन्न देखियो । कर्मचारी हाकाहाकी घुस मागिरहेका थिए । सेवाग्राह्री ४० डिग्री तातो घाममा लाम बसेको थिए । बिचौलियाको हालिमुहाली थियो ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ५६ बजे

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी

अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फिलाडेल्फिया – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि