दशैँमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ « Khabarhub

दशैँमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई छन् ।

त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ्ग र कैलालीका २९ वर्षिय रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यसैगरि काठमाडौंको कलंकीबाट वर्ष ३९ का नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ३३ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा