भोलिबाट पर्व लक्षित कोभिड खोप अभियान थाल्दै काठमाडौँ महानगर | Khabarhub Khabarhub

भोलिबाट पर्व लक्षित कोभिड खोप अभियान थाल्दै काठमाडौँ महानगर


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दशैँ पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

भोलिदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो ।

जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने/गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हो । कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : ०१ बजे

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं– सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा

म्याग्दी– अपाङ्गता भएका व्यक्तिहरूले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

धरान– तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल