बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले वृद्धि « Khabarhub

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले वृद्धि


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ ।

प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा रु १८ कायम गरिएको छ । दश किमीसम्मको रु २३, १५ किमीसम्मको रु २७, २० किमीसम्मको रु ३० र २० किमीभन्दा माथिको रु ३५ कायम गरिएको बताइएको छ ।

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ ।

मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ५ : २४ बजे

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप