सुदूरपश्चिममा ११ कोरोना सङ्क्रमित थपिए | Khabarhub Khabarhub

सुदूरपश्चिममा ११ कोरोना सङ्क्रमित थपिए


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुर्ई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र जिल्ला अस्पताल बैतडीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो ।

गएको २४ घण्टामा प्रदेशभर १५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २३ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ जना निको भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ३० बजे

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै