प्रदेश १ को नवौँ अधिवेशन शुरु « Khabarhub

प्रदेश १ को नवौँ अधिवेशन शुरु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।

अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाए । सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दसैँका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिए ।

सत्ता पक्ष नेकपा (एमाले) दलका प्रतिनिधि एवं पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्र र मुलुकको सार्वभौमतालाई बलियो बनाउन राजनीतिक दल विभाजन हुनुहुँदैन भने । उनले आफ्ना दलका तर्फबाट विचार राख्ने क्रममा पार्टी भित्रको आन्तरिक जीवनलाई व्यवस्थित गर्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएको बताए ।

पूर्ववर्ती सरकारको बिदाई र नयाँ सरकार बनेसँगै विश्वासको मत विधि र प्रक्रियाअनुसार लिने भन्दै पूर्वमन्त्री कार्कीले एमालेले संविधान र कानून नमिच्ने जिकिर गरे । उनले प्रदेशसभा विभाजन भएर पनि एमालेतर्फ अत्यधिक सांसद रहने भएकाले विधि र प्रक्रियाअनुसार विश्वासको मत लिने दावी गरे ।

उनले कुनै पनि राजनीतिक दलको पूर्णबहुमत नरहेको प्रदेशसभाको मिलेर सरकार बनाउन आग्रह गर्दै अहिले सरकार संविधान धारा १६८ को १ अनुसार भएकाले विश्वासको मत लिने जानकारी गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले लोकतन्त्रमा आस्था विश्वास राख्ने कंग्रेसले कहिले पनि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम नगर्ने भन्दै प्रदेश सरकारमा संवैधानिक सङ्कट आएकाले निकास हुनु जरुरी छ भने । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले नैतिक हैसियत गुमाएकाले विश्वासको मत लिनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले संविधानअनुसार सदन र सरकार नचलेकाले सभामुखको ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार अल्पमतमा परेकाले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिनुपर्नेमा हिउँदे अधिवेशन शुरु गरेको विरोध जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र लोकतान्त्रिक रष्ट्रिय मञ्च नेपालका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले पनि सरकारले नैतिक हैसियत गुमाएको अवस्था संविधान र लोकतन्त्रको मर्म एवम् भावनाअनुसार चल्नुपर्ने धारणा राखे । प्रदेशसभाको अर्को बैठक असोज २४ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक