दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’ | Khabarhub Khabarhub

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।

बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ ।

दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको छ ।

दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिकरुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारीसमेत वृद्धि हुने सहभागीले धारणा राखेका छन् ।

दूध बोकेका सवारी साधनलाई निर्वाधरुपमा आवतजावतमा सहज होस् भत्रे उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले विराटनगर दुग्ध वितरण आयोजना र अन्य दुग्ध उद्योगका २९ वटा दूध ढुवानी गर्ने सावारी साधनमा  प्रतीक चिह्न (लोगो) टाँस गरिएको छ ।

विकास बोर्ड ललितपुरद्वारा दूध तथा  ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) को प्रचारप्रसारका लागि प्रदेशस्तरीय सरोकारवाला निकायबीच शुक्रबार आयोजित अन्तक्रियामा सहभागीले लोगोको कारणले किसानले बिना अवरोध ल्याएको दूध समयमा पुग्ने र गुणस्तरीय दूध उपभोक्ताले प्राप्त गर्न सहज हुने बताए ।

संस्थानका गाडीमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामनन्दन तिवारी तथा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले संयुक्तरुपमा लोगो लगाएका थिए ।

बोर्डका अध्यक्ष विदुर राई, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, बोर्डका निर्देशक डा.राजेन्द्रप्रसाद यादव, विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवलगायतले सरकार दूध उत्पादन गर्ने कृषकका सम्बन्धमा संवेदनशील रहेको र उनीहरुको आर्थिकरुपमा समृद्धि कायम गर्ने कार्य गरिरहेको जानकारी दिए ।

दूध उत्पादन किसानले आफूहरुले उत्पादन गरेको दूधले उचित मूल्य पाउनुपर्नेमा जोड दिएका थिए । संस्थानको काठमाडौँमा सञ्चालित सबै दूध बोक्ने गाडीमा लोगो लगाइसकिएको जानकारी गराइएको थियो ।

नेपाल सरकारले  दुग्ध उत्पादन बोक्न सवारी साधनलाई सहज आवतजावतका लागि विसं २०७८ चैत १२ मा लोगो काठमाडौँमा सार्वजनिक गरिएको हो । गोष्ठीमा प्रदेशका एक सय दुग्ध सहकारी एवं किसानको सहभागिता थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : ५९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म