कालीगण्डकीमा मोटरेबल पुल निर्माण « Khabarhub

कालीगण्डकीमा मोटरेबल पुल निर्माण


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । असी मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए ।

एघार मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सत्तरी मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी छ । विसं २०६४ मा ट्रयाक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् ।

बेनी–जोमसोम सडकअन्तर्गतनै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रु आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : ३० बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद