मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख अनुदान दिने | Khabarhub Khabarhub

मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख अनुदान दिने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ ।

शुक्ररबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि बोल्र्दै प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, कोभिड उपचार र रोकथामका लागि काठमाडौँ महानगरको लगानी स्थानीय सरकारकातर्फबाट एकै पटक गरिएको सबैभन्दा धेरै भएको बताए ।

सामान्यतया काठमाडौँ उपत्यकाबाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक परेमा काठमाडौँ आउनुपर्ने बताउँदै शाक्यले भने, ‘यसरी उपचारका लागि आउनेहरूको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् ।’

त्यस क्रममा उनले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताए ।

सोही कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताए ।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ ।

सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’लेख्नुपर्नेछ ।

महानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्थाबमोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : १७ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय