एम्बाप्पे पीएसजीमै रहने संकेत « Khabarhub

एम्बाप्पे पीएसजीमै रहने संकेत


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपका शीर्ष लिगहरु समाप्त हुने क्रम जारी छ । यस्तैमा खेलाडीहरु सरुवा र टिमहरुले आवद्ध गर्ने काम भइरहेको छ भने स्टार खेलाडीहरु पनि आफ्नो क्लब छाड्ने मनसायमा पगेको चर्चा भइरहेको छ ।

यस्तैमा फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले पनि क्लब छाड्न सक्ने चर्चा भइरहँदा उनले भने आफु अझै एक सिजन पीएसजीमै रहने संकेत गरेका छन् ।

उनले एक कार्यक्रममा बोल्दै पीएसजीले इतिहास रचिरहँदा यसको साँचि बन्ने अर्को सिजन पनि पीएसजीबाटै खेल्न बताएका छन् ।

फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेले लिग वानमा प्लेअर अफ दी इयर अवार्डबाट सम्मानित भइसकेका छन् ।

उनले आफु कुनै पनि प्रतिक्रिया दिने मनसायमा नरहेको बताउँदै अर्को सिजन पनि पीएसजीबाट खेल्ने मनसायमा रहेको बताएका हुन् । पीएसजीले पनि क्लब र एम्बाप्पेबीच गहिरो सम्बन्ध रहेको बताएको छ । एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए । यो सिजनमा एमबाप्पेले ३२ गोल गर्दै शीर्ष गोल कर्ता भए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १२ : ३८ बजे

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्

इरानलाई घेर्न अमेरिकाको नयाँ प्रस्ताव, राष्ट्रसंघमा भिटो प्रयोग नगर्न चीन–रुसलाई आग्रह

वाशिङ्टन- अमेरिकाले संयुक्त राष्ट्र संघमा इरानसम्बन्धी नयाँ प्रस्ताव पेश गरेको

हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार

एजेन्सी– कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग

अध्यादेशले सजिलो भएपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश टुंगो लगाइने

काठमाडौं- सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बलेवा– बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै