वडाध्यक्ष भन्छन्–घटना थप रहस्यमय बन्दैछ, अहिले बोल्ने अवस्था छैन « Khabarhub

वडाध्यक्ष भन्छन्–घटना थप रहस्यमय बन्दैछ, अहिले बोल्ने अवस्था छैन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाँचथरको मिग्लाजुङ गाउँपालिका ३ आरुबोटेमा विभत्स हत्यामा ९ जनाको मृत्यु भएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयको टोली तथा स्थानीय जनप्रतिनिधि पुगेका छन् ।

घटनास्थलमा पुगेका मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हस्तराज फियाकले घटनाको बारेमा जानकारी दिँदै एकान्तमा रहेका दुई घरका ९ जनाको हत्या भएको बताए ।

खबरहबसँगको कुराकानीमा उनले घटनास्थल नजिकै मृतक बमबहादुर फियाकका कान्छा ज्वाई पनि झुण्डिएको अवस्थामा फेला परेका छन् । बमबहादुर फियाक र उनका जेठा ज्वाई धनराज शेर्माको घरमा विभत्स हत्यको घटना भएको थियो ।

‘हामीले बिहानमात्र घटनाबारे जानकारी पायौं । सूचना पाउने वित्तिकै घटनास्थलमा पुग्दा यहाँको स्थिति भयाभह थियो । हामीले सबैतिर खबर गरेपछि अहिले प्रहरी, स्थानीयबासी तथा सम्पूर्ण जनप्रतिनिधिहरु यहाँ भेला भएका छौं,’ वडाध्यक्ष हस्तराजले भने, ‘काठमाडौंबाट सीआईबीको टोली पनि आउँदै गरेको हामीलाई जानकारी आएको छ । त्यो टोली आएपछि मात्र मुचुल्का उठाउने र पोस्टमार्टमका लागि लैजाने कुरा भएको छ ।

स्थानीय छिमेकीहरुले बताए अनुसार कान्छा ज्वाईसँगको पारिवारिक बेमेलका कारण यो घटना घटेको हुनसक्ने अनुमान रहेको उनले बताए । हस्तराजले भने, ‘कान्छा ज्वाई र छोरी बेग्लाबेग्लै बस्ने गरेको रहेछन् । अहिले घटनाको नजिकै कान्छा ज्वाईको शव पनि झुण्डिएको अवस्थामा फेला परेको छ । यसले घटना थप रहस्यमय बनाएको छ । बोल्न सक्ने अवस्था छैन ।’

उनले घटनाको विभत्स दृश्य देखेकी १२ वर्षकी बालिकासँग पनि पूर्ण रुपमा जानकारी लिन सक्ने अवस्था नरहेको बताए । घटना भएका दुई घर १५ मिनेटको दूरीमा रहेको पनि वडाध्यक्ष हस्तराजले बताए ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १ : ०८ बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक