कुलमानमाथि लाग्यो भ्रष्टाचारको आरोप, छानबिन गर्न अख्तियारको ध्यानाकर्षण « Khabarhub

कुलमानमाथि लाग्यो भ्रष्टाचारको आरोप, छानबिन गर्न अख्तियारको ध्यानाकर्षण


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले घिसिङमाथि अर्बौं रुपैयाँ भ्रष्टाचा गरेको आरोप लगाएका हुन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।

सांसद मोदीले यस्तो आरोप लगाए पछि कार्यकारी निर्देशक घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् । घिसिङले प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको विषयमा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि बताए ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको विषय उठाएका थिए । सांसद मोदीले विद्युत् प्राधिकरणबाट बक्यौता उठाउने नाममा भ्रष्टाचार भएको आरोप लगाएपछि घिसिङले भ्रष्टाचारको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका हुन् ।

सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि घिसिङले मोदीलाई चेतावनी दिए ।

बक्यौता उठाउनका लागि बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन २ ओटा समिति गठन गरेको पनि घिसिङको भनाइ थियो ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको सार्वजनिक लेखा समितिका सदस्य तथा सांसद मोदीले आरोप लगाए ।

‘त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ?’ मोदीले बैठकमा प्रश्न गरे ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग पनि गरे ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«क लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानूनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तीर्नुपर्ने शुल्क तीर्न उद्योगी÷व्यवसायीहरुलाई पत्राचार गरिएको बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : २९ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल