कुलमानमाथि लाग्यो भ्रष्टाचारको आरोप, छानबिन गर्न अख्तियारको ध्यानाकर्षण « Khabarhub

कुलमानमाथि लाग्यो भ्रष्टाचारको आरोप, छानबिन गर्न अख्तियारको ध्यानाकर्षण


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले घिसिङमाथि अर्बौं रुपैयाँ भ्रष्टाचा गरेको आरोप लगाएका हुन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।

सांसद मोदीले यस्तो आरोप लगाए पछि कार्यकारी निर्देशक घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् । घिसिङले प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको विषयमा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि बताए ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको विषय उठाएका थिए । सांसद मोदीले विद्युत् प्राधिकरणबाट बक्यौता उठाउने नाममा भ्रष्टाचार भएको आरोप लगाएपछि घिसिङले भ्रष्टाचारको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका हुन् ।

सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि घिसिङले मोदीलाई चेतावनी दिए ।

बक्यौता उठाउनका लागि बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन २ ओटा समिति गठन गरेको पनि घिसिङको भनाइ थियो ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको सार्वजनिक लेखा समितिका सदस्य तथा सांसद मोदीले आरोप लगाए ।

‘त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ?’ मोदीले बैठकमा प्रश्न गरे ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग पनि गरे ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«क लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानूनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तीर्नुपर्ने शुल्क तीर्न उद्योगी÷व्यवसायीहरुलाई पत्राचार गरिएको बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : २९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग