वार्ता निष्कर्षविहीन भएपछि चीन र भारतबीच फेरि आरोप–प्रत्यारोपमा « Khabarhub

वार्ता निष्कर्षविहीन भएपछि चीन र भारतबीच फेरि आरोप–प्रत्यारोपमा


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन र भारतबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुबै देश आरोप–प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन् ।

चीनले सिमामा आफ्ना सैन्य गतिविधि तीब्र पारेको भारतीय पक्षको आरोप छ, तर, भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ । वार्तामा आफूले दिएको रचनात्मक सुझाबलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोपको चीनले अस्वीकार गरेको छ ।

‘भारतको अस्वभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो, ’ चिनियाँ पक्षले भनेको छ । करिब दुई महिनाको अन्तरालपछि दुबै देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए ।

सिमामा दुबै देशका सेनाले दशौं हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ०० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद