मिक्लाजुङ हत्याकाण्ड: तलिमप्राप्त कुकुरदेखि डिआईजीसम्म अनुसन्धानमा « Khabarhub

मिक्लाजुङ हत्याकाण्ड: तलिमप्राप्त कुकुरदेखि डिआईजीसम्म अनुसन्धानमा


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा २ परिवारका ९ जनाको विभत्स हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रदेखि प्रदेशसम्मका दक्ष अनुसन्धान प्रहरी अधिकृतहरु खटिएका छन् ।

अनुसन्धानका लागी संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारीमा छ ।

त्यस्तै सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र अर्का एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथरतर्फ लागेको छ ।

प्रदेश १ को प्रहरी नेतृत्व गर्दै आएका डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ लागिसकेका छन् ।

अभयिुक्त फरार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भाग्न सक्ने संभावित सवै नाकाहरु बन्द गरी अनुसन्धान सुरु गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : १० बजे

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको