मिक्लाजुङ हत्याकाण्ड: तलिमप्राप्त कुकुरदेखि डिआईजीसम्म अनुसन्धानमा « Khabarhub

मिक्लाजुङ हत्याकाण्ड: तलिमप्राप्त कुकुरदेखि डिआईजीसम्म अनुसन्धानमा


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा २ परिवारका ९ जनाको विभत्स हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रदेखि प्रदेशसम्मका दक्ष अनुसन्धान प्रहरी अधिकृतहरु खटिएका छन् ।

अनुसन्धानका लागी संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारीमा छ ।

त्यस्तै सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र अर्का एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथरतर्फ लागेको छ ।

प्रदेश १ को प्रहरी नेतृत्व गर्दै आएका डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ लागिसकेका छन् ।

अभयिुक्त फरार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भाग्न सक्ने संभावित सवै नाकाहरु बन्द गरी अनुसन्धान सुरु गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : १० बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा