मुटु र मधुमेह रोगीले रातो मासु खानु अघि के गर्ने ? « Khabarhub

मुटु र मधुमेह रोगीले रातो मासु खानु अघि के गर्ने ?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दशैंमा प्राय घरमा मासुको बिभिन्न परिकार खाने गरीन्छ । तर यि परिकारको सेवनले स्वास्थ्यमा गम्भीर संकट पनि निम्त्याउन सक्छ भन्ने बारे सबै सचेत रहन आवश्यक छ ।

दशैंमा कुनै पनि मासु सिमित खानु पर्दछ । रातो मासु (खसी, रांँगाको मासु) र बढी बोसो हुने मासु (बगुर र बँदेलको मासु) सकभर बढि मात्रामा खानु हुदैँन । साथै मासुसंगै मादक पदार्थ बढी पिउदाँ हृदयघात, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन सक्छ त्यसैले यसबारे सचेत रहनु पर्दछ ।

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले अनिवार्य आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्दछ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सी बढी सेवनले दशैं चाड नभएर दशा बन्न सक्छ, त्यसैले यसबारे सचेत हुनु पर्दछ ।

उच्च रक्तचाप र मुटुरोगीले दशैंँमा बढी रातो मासु र मदिरा खानु हुदैँन । यसका साथै दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानु पर्दछ । अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्दा उच्च रक्तचाप र मुटुरोग बढ्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ४० बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका