गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते | Khabarhub Khabarhub

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैं मनाउन बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप बिहीबार राति दुर्घटना भएको छ ।

लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका–१० पाँचरातेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा  मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर–३ की ४७ वर्षीय  सुमित्रा सुनार छन्।

 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ४० बजे

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय