अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको कंधार सहरस्थित एक शिया मस्जिदमा शुक्रबार विस्फोट भएको छ । कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार कम्तिमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । विस्फोटमा परी अन्य ३२ जना घाइते भएका छन् ।

विस्फोट कसले गराएको हो भन्ने विषयमा भने कुनै विवरणहरु प्राप्त भएका छैनन् । बीबीसीका अनुसार यसप्रकारको मस्जिदमा एक हप्ता पहिला पनि विस्फोट भएको थियो । सो विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो । शुक्रबार भएको विस्फोटको जिम्मा पनि इस्लामिक स्टेट खुसरानले लिन सक्ने बीबीसीका अफगान संवाददाताले बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको