एनआरएनएको कार्यकाल ६ महिना थप, एक स्वतन्त्र समिति गठन | Khabarhub Khabarhub

एनआरएनएको कार्यकाल ६ महिना थप, एक स्वतन्त्र समिति गठन


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।

गैर आवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए  ।

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १०औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ ।

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोबरका लागि तय गरिएको महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले  महाधिवेशन प्रतिनिधिहरूका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दा बढी सदस्यहरूले आआफ्ना भनाई राखेका थिए ।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका महासचिव डा। हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : १० बजे

प्रतिनिधिसभा : समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न माग

काठमाडौं– सांसदहरूले समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न सरकारलाई

विशेषको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्वेक्षक

रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको

‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’

काठमाडौं– रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा

नेप्सेमा लुजिङ स्ट्रिक : कन्टिनियस डाउनट्रेण्ड, ३५ अर्बको कारोबार, ५० अङ्कको गिरावट

काठमाडौं– यो साता अर्थात् वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म