विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ? « Khabarhub

विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ?

४ लाख ३९ हजार २८५ जना कोरोनामुक्त


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विपरणअनुसार अमेरिकामा ६९ हजार २५१, बेलायतमा ४३ हजार ७३८, रुसमा ३३ हजार ७४०, टर्कीमा ३० हजार ८६२, भारतमा १९ हजार ४५१, इरानमा १३ हजार ३०८ र ब्राजिलमा १२ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ लाख ३९ हजार २८५ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७९ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ५११, रुसमा एक हजार १५, ब्राजिलमा ३८१, बेलायत र टर्कीमा २२३–२२३, भारतमा १९९ र इरानमा १६७ जना छन्।

संक्रमणमुक्त हुनेमा अमेरिकामा एक लाख २२ हजार ६२, बेलायतमा ३७ हजार २५६, टर्कीमा २७ हजार ३५२, ब्राजिलमा २४ हजार ७८०, रुसमा २३ हजार ४२६, भारतमा १९ हजार ४५१ र इरानमा १४ हजार १७९ जना छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २४ करोड २३ लाख २ हजार ९ सय पुगेको छ भने तीमध्ये २१ करोड ९६ लाख ४१ हजार ४३६ जना निको भइसकेका छन् ।

हालसम्म विश्वभर कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४९ लाख २८ हजार १९१ रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ५९ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी