एनसीबीको दाबी– अभिनेत्रीसँग लागुऔषध विषयमा ‘च्याट’ गर्थे आर्यन « Khabarhub

एनसीबीको दाबी– अभिनेत्रीसँग लागुऔषध विषयमा ‘च्याट’ गर्थे आर्यन


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स पार्टी मुद्धाको आरोपमा मुम्बईको जेलमा छन् । उनले अदालतसमक्ष दिएको जमानता निवेदनमा आज फैसला हुँदैछ ।

मुम्बईको स्पेसल एडीपीएस कोर्टका वीवी पाटिलको बेञ्चले १३ र १४ अक्टोबरमा चलेको लामो बहसपछि यो मामलाको निर्णयलाई सुरक्षित राखेको छ । आज दिउँसोसम्म आर्यन जेलमै बस्ने या उनलाई जमानतमा रिहा गर्ने निर्णय आउनेछ । यसैबीच नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले आर्यनले एक बलिउड अभिनेत्रीसँग लागुऔषधको बारेमा मोबाइलमा च्याट गरेको दाबी गरेको छ ।

एनसीबीले फेला पारेको आर्यनको केही च्याटमा उनी एक अभिनेत्रीसँग लागुऔषधको कुरा गरेका छन् । एनसीबीले यसलाई प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । एनसीबीले ती अभिनेत्री क्रुजमा उपस्थित भएको र एनसीबीले उसलाई बाहिर जान दिएको उल्लेख गरेको छ । एनसीबीले आगामी दिनमा यी अभिनेत्रीसँग सोधपुछ गर्ने जनाएको छ ।

सञ्चारमाध्यमले अभिनेत्रीसँगको आर्यनको च्याट उनको जमानतमा ठूलो बाधा पर्न सक्ने अनुमान लगाएका छन् । यी अभिनेत्री चाँडै नै बलिउडमा आफ्नो ‘डेब्यु’ गर्ने तयारीमा छिन् । यसबाहेक केही लागुऔषड डिलरसँग आर्यनको च्याटलाई पनि जमानतको सुनुवाई अघि नै अदालतमा प्रस्तुत गरिएको छ ।

यसअघि निर्णयलाई सुरक्षित गर्दै न्यायधिस पाटिलले आफू २० अक्टोबरमा व्यस्त भए पनि जमानतको विषयमा सुनुवाईको प्रयास गर्ने बताएका थिए । लागुऔषध मामलामा गत अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् । जेलमा उनले ‘कैदी नम्बर ९५६’को ब्याच पाएका छन् ।

आर्यनको जमानतको विरोध गर्दै अनिल सिंहले एनसीबीले प्राप्त गरेको रेकर्ड र प्रमाणका आधारमा आर्यन केही वर्षयतादेखि नियमित लागुऔषध सेवन गरिरहेको दाबी गरेका थिए । आर्यन निकै प्रभावशाली रहेको र जमानतमा रिहा हुनका लागि प्रमाणलाई मिलाउन या कानूनबाट भाग्न सक्ने आशंका गरिएको अनिलको बुझाई छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : २४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले