पाकिस्तानी आतंकवादीले भारतीय प्रहरी हेडक्वार्टरसहितका १० स्थानमा निगरानी बढाएको खुलासा | Khabarhub Khabarhub

पाकिस्तानी आतंकवादीले भारतीय प्रहरी हेडक्वार्टरसहितका १० स्थानमा निगरानी बढाएको खुलासा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा पक्राउ परेका पाकिस्तानी आतंकवादीहरुले केही वर्षअघि इण्डिया गेट, प्रहरी हेटक्वार्टरलगायतका १० ठाउँहरुमा निगरानी बढाएको खुलेको छ ।

दिल्ली प्रहरीको विशेष सेलले मंगलबार पक्राउ गरेका पाकिस्तानी आतंकवादीले राजधानी नयाँ दिल्लीका विभिन्न १० स्थलहरुमा निगरानी गरेको पाइएको हो।

पक्राउ परेको अभियुक्त मोहम्मद अशरफले २०११ दिल्ली उच्च अदालत बम विस्फोट हुनुभन्दा पहिले पनि निगरानी गरेका थिए । सन् २०११ को विस्फोटका क्रममा उनको पनि तस्बिर देखिएपछि सोधपुछका क्रममा उच्च अदालत परिसरमा निगरानी गरेको खुलेको हो । तर, विस्फोटमा उनको संलग्नताबारे भने स्पष्ट नभएको बताइएको छ।

यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। उनको संलग्नताबारे अहिलेसम्म कुनै प्रमाण नभेटिएको र स्रोतहरूले जनाएका छन् ।

यसबाहेक उनले आईटीओस्थित पुलिस मुख्यालयको पनि रेकी गरेका थिए । प्रहरी मुख्यालयबाहिर धेरै समय बस्ने अनुमति नभएका कारण समस्या भएको उनले बताएका छन्।

उनले आईएसबीटीको पनि निगरानी गरेको र सूचना पाकिस्तानी ह्यान्डलरलाई उपलब्ध गराइएको बताइएको छ । उनले इण्डिया गेटको पनि निगरानी गरेको पाइएको छ ।

उनले हताहत धेरै हुने क्षेत्रहरुको पहिचान गर्न निगरानी गरेको बयान दिएकोसमेत स्रोतले जनाएको छ। उनले आतंकवादी कारबाही गर्न चाहेको ठाउँको बारेमा अहिलेसम्म खुलाएका छैनन्।

स्रोत : जी न्यूज

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ४५ बजे

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा