कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग | Khabarhub Khabarhub

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विरोध गरेको छ ।

कुनै राष्ट्रसेवक कर्मचारी गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने अनेकन कानूनी प्रवधान हुँदाहुँदै राउतका कार्यकर्ताहरूले कानूनी राज्यलाई उपहास गरेको निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले बताए । ‘राउतका कार्यकताद्वारा प्रमुख कुशवाहामाथि भएको घटनालाई हामी घोर भर्त्सना तथा दोषीमाथि कारवाहीको माग गर्छौं’, अध्यक्ष मिश्रले भने, ‘तर, भोलि बिहान सबै संगठनको बैठक राखेर थप आन्दोलनका कार्यक्रममा तय गर्छौं ।’

जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गरेका हुन् ।

प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर जनकपुर घुमाइरहँदा प्रहरी मुकदर्शक बनेको कर्मचारीहरूको गुनासो छ । प्रमुख कुशवाहालाई कार्यालयबाट निकाल्दै पिराडी चोक, रामानन्द चोकसम्म लछारपछार गर्दै घुमाइरहँदा प्रहरीले उनलाई उद्धार गर्न सकिरहेको थिएन । करिव ४०० को संख्यामा रहेका जनमत पार्टीका कार्यकर्ताहरूका अगाडि प्रहरी न्यून संख्यामा रहेकाले केही गर्न सकिरहेका थिएनन् ।

प्रमुख कुशवाहलाई नियनत्रणमै लिएर जनकपुरधाम उपमहनगरपालिकाको मूल गेटमा ल्याएपछि मात्र प्रहरीले उनलाई उद्धार गरेको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्नेमाथि कडा कानूनी कारवाही हुने बताएका छन् । ‘घटनामा संलग्न रहेकामध्ये केहीलाई हामीले पक्राउ गरेका छौँ’, उनले भने, ‘उनीहरूमाथि कानूनी कारवाही गर्छौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रमुख कुशवाहामाथि दुर्व्यवहार गर्ने १० जनलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । जनमत पार्टीका भ्रातृ संगठन विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय यादवसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका कार्याकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

यता, जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले जनताको काममा लापवाही गरेकाले जनकारवाही गरिएको दाबी गरेका छन् । उनले भने, ‘हामीले कुनै गल्ती गरेका छैनौँ । जनताले तिरेको करबाट तलब खाने र जनताकै काममा लापरवाही र भ्रष्टाचार गर्ने कर्मचारीलाई हामीले जनताको बीचमा ल्याएर नंग्याएका छौँ ।’

पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरूलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । न्यूज कारखाना

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : ४६ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक