जेसिज सप्ताह शनिबारदेखि, बाइक रेसदेखि साइकल यात्रासम्मका कार्यक्रम | Khabarhub Khabarhub

जेसिज सप्ताह शनिबारदेखि, बाइक रेसदेखि साइकल यात्रासम्मका कार्यक्रम


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत यस्तो जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।

सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ ।

त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिए । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।

अघिल्लो वर्ष कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट जेसिज सप्ताह मनाइएको थियो । जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् । रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पुर्‍याउनु सप्ताहको उद्देश्य रहेको बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिन ‘स्लो बाइक रेस’ देखि स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रासम्मका कार्यक्रमलाई सप्ताहमा समेटिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ५९ बजे

इजरायली बन्धकको भिडियो सार्वजनिक भएपछि परिवार चिन्तित, युद्धविराम गर्न दबाब

काठमाडौं– गाजा क्षेत्रमा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक

च्याटजीपीटीको प्रयोगमा गिरावट

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले