एक सातादेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन « Khabarhub

एक सातादेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – बेमौसमी अविरल वर्षासँगैको बाढी-पहिराका कारण विगत ५-६ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३.११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।

यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए । अवरुद्ध भएको फोन तथा विद्युत् सेवा सञ्चालन भएका कारण यहाँका नागरिकले यो विपद्का समयमा केही राहत महसुस गरेको दिपायल राजपुरका टेकबहादुर शाहले बताए।

प्रमुख सहरबजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी-पहिराले के-कति क्षति पुर्‍याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।

जिल्लाको जोरायल गाउँपालिका-६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको जोरायल गाउँपालिका-६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराका कारण यहाँ हालसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको छ ।

जिल्लामा बाढी–पहिराका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा