जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै « Khabarhub

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ ।

कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेकामा तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । १७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिइने उनले बताए । बाँकी रिहा भइसकेका छन् ।

प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुश्वाहा, पार्टीका सर्लाही जिल्ला सदस्य संजय कुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल,सिरहा जिल्ला सदस्य दुर्योधन यादव, सोही जिल्लाका सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो उर्फ जीवन तयारी,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाउने भएको हो ।

धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल रहेको प्रहरी स्रोतले जनाएको छ । एक प्रहरीका अनुसार अपराधी प्रवेश तथा अपराधि उप्रद मुद्दा प्रमाणित भएको खण्डमा क्षतिपूर्तिसहित १ वर्षदेखि ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १० : ४४ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई