एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै | Khabarhub Khabarhub

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ ।

पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘१० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलले बैठकमा सुझावहरु प्रस्तुत गर्छ । छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ,’ उनले भने ।

दोस्रो दिनको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ । बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ ।

उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । कार्यदलको बैठक बिहीबार बसेको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रवक्ता ज्ञवाली भने ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको र बाँकी पनि कार्यान्वयन हुने चरणमा रहेको बताउँछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : १० बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका