ब्यारेकको आरतीमा मन भुलाउदै आर्यन खान | Khabarhub Khabarhub

ब्यारेकको आरतीमा मन भुलाउदै आर्यन खान


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– लागुऔषध मामलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेर जेलमा बसेको १९ दिन पुगेको छ । सुरुवाती दिनमा उनी बिना खानपिन जेलमै बसिरहेको समाचार बाहिर आएको थियो ।

तर अहिले उनको दैनिकीमा केही परिवर्तन भएको छ । रिहाईको पखाईमा रहेका आर्यन दैनिक रुपमा जेलमा हुने आरतीमा सहभागिता जनाइरहेका छन् । स्रोतका अनुसार आर्यनलाई राखिएको ब्यारेकमा बनेको मन्दिरमा हरेक साँझ ७ बजे आरती हुने गर्दछ । आर्यन आरती नसकुञ्जेलसम्म मन्दिरमै बस्ने गरेका छन् ।

आर्यनसहित ८ जनालाई क्रुजमा पार्टी गरिरहेको समयमा अक्टोबर २ मा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । उनका पिता शाहरुख बिहीबारमात्र छोरालाई भेट्न आर्थर रोडस्थित जेलमा पुगेका थिए । त्यहाँ करिब १८ मिनेट बिताएका शाहरुखले आर्यनसँग इन्टरकममार्फत कुराकानी गरेका थिए ।

शाहरुख जेलबाट फर्किनासाथ आर्यन भिजिटर रुममा बसेर रोएका थिए । त्यही समयमा जेलका कैदीले उनको काँधमा हात राखेर शान्त हुन आग्रह गरेका थिए । उनी भिजिटर रुमबाट ब्यारेकमा फर्किरहँदा त्यहाँको भेटघाट कक्ष बाहिर करिब २० मानिस लाइनमा थिए ।

आर्यनको आँखामा आँसु देखेपछि त्यहाँका मानिसहरुले नरुन भनेका थिए । केहीले उनले आगामी क्षणमा जमानत मिल्ने सान्तवना दिएका थिए । अर्का एक व्यक्तिले दिवालीमा घर पुग्ने भएकाले चिन्ता नलिन भनेका थिए । त्यसपछि दुई सुरक्षाकर्मीले आर्यनलाई लिएर ब्यारेक गएका थिए ।

ब्यारेक फर्किएपछि केही समयसम्म उनले केही खाएनन् । उनी एक कुनामा शान्त बसेका थिए । एकदुई बन्दीले उनलाई प्रश्न गर्दा केवल टाउकोमात्र हल्लाएर जवाफ दिएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ०२ बजे

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी– नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति