अभिनेत्री मीनू मुमताजको निधन « Khabarhub

अभिनेत्री मीनू मुमताजको निधन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् ।

मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म भएको थियो । उनले बाल्यकालदेखि नै नृत्यको तालिम लिएकी थिइन् । महमूदको पुरा परिवार नै फिल्म लाइनसँग जोडिएकाले उनी पनि फिल्ममा आएकी थिइन् ।

उनलाई देविका रानीले फिल्ममा ब्रेक दिएकी थिइन् । देविकाले मीनूलाई बाम्बे टाकिजमा नर्तकीका रुपमा राखेकी थिइन् । उनले फिल्म ‘घर घर में दिवाली’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९५५ मा रिलिज भएको थियो । फिल्ममा उनले गाउँमा बस्ने एक नर्तकीको भूमिका निर्वाह गरेकी थिइन् । तर यो फिल्मबाट उनले खासै सफलता पाउन सकिनन् ।

फिल्म ‘सखी हातिम’बाट उनले सफलता पाइन् । यसमा उनले जलपरीको भूमिका निभाएकी थिइन् । सन् १९५८ मा रिलिज फिल्म ‘हावडा ब्रिज’मा साखे भाइ महमूदसँग रोमान्स गरेकी थिइन् । भाइसँग रोमान्स गरेको देखेर दर्शकहरु निकै भड्किएका थिए ।

मीनूको जोडी सबैभन्दा बढी कमेडियन जोनी वाकरसँग जमेको थियो । दुवैले कैयौं फिल्ममा सँगै काम गरेका थिए । उनले कमेडी र सहायक चरित्रबाट निकै लोकप्रियता पाइन् ।

उनले सन् १९६३ मा निर्देशक सैयद अली अकबरसँग विवाह गरेकी थिइन् । उनको स्वास्थ्य बिग्रिएपछि चिकित्सकले उनलाई ट्युमर भएको बताएका थिए । तर अपरेसनपछि उनी स्वस्थ भइन् । त्यसपछि उनी क्यानाडामा नै बस्न थालिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै