रंगमञ्च भर्सनमा ‘डीडीएलजे’ « Khabarhub

रंगमञ्च भर्सनमा ‘डीडीएलजे’


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय फिल्मको इतिहासमा एउटा आइकनिक फिल्मको रुपमा परिचित ‘दिलवाले दुल्हनिया ले जाएंगे(डीडीएलजे)’लाई अब म्यूजिकल प्लेका रुपमा दर्शकमाझ ल्याइने भएको छ । जसको निर्देशन आदित्य चोपडाले गर्दैछन् ।

यो प्लेमा नयाँ कलाकार हुनेछन् । जसमा ‘लरेन्स ओलिवर अवार्ड’ विजेता नेल बेञ्जामिनको पुस्तक र गीत हुनेछ । साथै विशाल ददलानी र शेखर रावजियानीको संगीत हुनेछ ।

‘म हलिउड र अमेरिकी पप संस्कृतिबाट निकै प्रभावित थिएँ । टम क्रुजलाई प्रमुख भूमिकामा अभिनय गराएर विश्वव्यापी बोलिने अंग्रेजी भाषाका दर्शकका लागि यो फिल्म बनाउने योजनामा थिएँ । तर त्यो हुन सकेन । डीडीएलजे सन् १९९५ मा रिलिज भयो र भारतीय फिल्मको इतिहासमा सबैभन्दा लामोसमयसम्म रिलिज हुने फिल्म बन्यो । यसले मलाई पहिचान दियो । जसका लागि म यो फिल्मप्रति जहिल्यै आभारी छु’, उनले भनेका छन् ।

नयाँ भर्सनको प्लेमा एक अमेरिकी युवक र भारतीय युवतीको प्रेमकथा देखाइनेछ । दुई संस्कृति र दुई फरक देशको प्रेमकथा देखाइनेछ ।

फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा शाहरुख खान र काजोल प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ४९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल