रंगमञ्च भर्सनमा ‘डीडीएलजे’ « Khabarhub

रंगमञ्च भर्सनमा ‘डीडीएलजे’


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय फिल्मको इतिहासमा एउटा आइकनिक फिल्मको रुपमा परिचित ‘दिलवाले दुल्हनिया ले जाएंगे(डीडीएलजे)’लाई अब म्यूजिकल प्लेका रुपमा दर्शकमाझ ल्याइने भएको छ । जसको निर्देशन आदित्य चोपडाले गर्दैछन् ।

यो प्लेमा नयाँ कलाकार हुनेछन् । जसमा ‘लरेन्स ओलिवर अवार्ड’ विजेता नेल बेञ्जामिनको पुस्तक र गीत हुनेछ । साथै विशाल ददलानी र शेखर रावजियानीको संगीत हुनेछ ।

‘म हलिउड र अमेरिकी पप संस्कृतिबाट निकै प्रभावित थिएँ । टम क्रुजलाई प्रमुख भूमिकामा अभिनय गराएर विश्वव्यापी बोलिने अंग्रेजी भाषाका दर्शकका लागि यो फिल्म बनाउने योजनामा थिएँ । तर त्यो हुन सकेन । डीडीएलजे सन् १९९५ मा रिलिज भयो र भारतीय फिल्मको इतिहासमा सबैभन्दा लामोसमयसम्म रिलिज हुने फिल्म बन्यो । यसले मलाई पहिचान दियो । जसका लागि म यो फिल्मप्रति जहिल्यै आभारी छु’, उनले भनेका छन् ।

नयाँ भर्सनको प्लेमा एक अमेरिकी युवक र भारतीय युवतीको प्रेमकथा देखाइनेछ । दुई संस्कृति र दुई फरक देशको प्रेमकथा देखाइनेछ ।

फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा शाहरुख खान र काजोल प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ४९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ