गायिकासँग फ्यानले ‘न्यूड’ तस्वीर मागेपछि… « Khabarhub

गायिकासँग फ्यानले ‘न्यूड’ तस्वीर मागेपछि…


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्टरनेटको दुनियाँमा सेलिब्रेटी निकै व्यस्त रहन्छन् । इन्टरनेटले फ्यानलाई सीधै सेलिब्रेटीसँग जोड्ने कारण कहिलेकाहीँ भने सेलिब्रेटीले पनि तनावको अवस्था झेल्नुपर्ने हुन्छ । अझ खासगरी महिलाले छोटो कपडामा तस्वीर शेयर गरेका तस्वीरमा त भद्दा कमेन्टको बाढी आउने गर्छ । यी सबै कुराको कलाकारले सामना गर्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालले सेलिब्रेटीसँग नजिक त बनाइदिएको छ तर कतिपयले यसको गलत फाइदा लिइरहेका हुन्छन् । हालै भारतकी एक गायिकामा पनि यस्तै घटना घटेको छ ।

गायिका चिनमदी श्रीपदालाई एम के द डन नामक एक युवाले न्युड तस्वीर शेयर गर्न भने । यस्तो अवस्थामा चुप बस्नुको साटो चिनमयीले यस्तो रिप्लाइ गरिन् कि, ती युवा केही बोल्दै सकेनन् ।

चिनमयीले न्युड लिपस्टिकको तस्वीर पठाउँदै लेखिन्, मलाई मन पर्ने केही न्युड । चिनमयीको यो रिप्लाइले ती व्यक्तिले एकाउन्ट नै डिलिट गरिदिए ।

सामाजिक सञ्जालमा महिला कलाकारका साथ यस्ता घटना घटिरहन्छन् । हालै महेश बाबुकी पत्नी नम्रता शिरोडकरले एउटा तस्वीर शेयर गरेकी थिइन् । तस्वीरमा उनी बिना मेकअप थिइन् । एक प्रयोगकर्ताले उनको तुलना क्यान्सरपीडितसँग गरिदिए ।
चिनमयीले तमिल लिरिसिस्टलाई पनि यौन शोषणको आरोप लगाएकी थिइन् । उनले यो घटना दबाउन धम्की आएको पनि बताएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ०२ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई