‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा | Khabarhub Khabarhub

‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।

सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर, एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि रु एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट रु १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ । ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : १५ बजे

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।