भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी  किप इन टच « Khabarhub

भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी  किप इन टच


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमेडी च्याम्पियन-२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको छ ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको जानकारी दिए । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए ।

भेट्नेवित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए । ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इन टच । मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ११ बजे

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरूको मृत्यु

काठमाडौँ– २०७६ साल चैत ११ देखि २०७७ साउन ६ गते

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई