न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक : न्यायाधीश समाज | Khabarhub Khabarhub

न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक : न्यायाधीश समाज


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको ठहर गरेको छ ।

न्यायालयमा राजनीति हुँदा अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकाल्दै समाजले अब अदालतमा राजनीतिलाई निषेध गर्न अभियानै चलाउनुपर्नेमा जोड दिएको हो ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्को संरचना निर्माणदेखि यसको काम कारवाही, क्रियाकलाप तथा अदालत एवं मुद्दा व्यवस्थापनका विविध पक्षमा गरिएका प्रयोग र परीक्षणको चपेटामा न्यायपालिकालाई पारिएको छ, पार्न खोजिएको छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

न्यायपालिकामा मौलाएको विकृति, विसंगति, न्यायिक निष्पक्षताको प्रश्न, भ्रष्टाचार, अनुशासनहीनता र वेथितिको प्रमुख कारण न्याय परिषदको संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागवण्डा र प्रभाव भएको निष्कर्ष सुनाउँदै समाजले न्यायपालिकामा अब राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक भइसकेको उल्लेख गरेको छ ।

पछिल्लो समय न्यायिक नेतृत्वमाथि उठाइएका प्रश्नका बारेमा समाजले वास्तविकता के हो छानविनबाट बाहिर आउनुपर्ने धारणा राखेको छ । ‘यस्ता कुराहरुलाई लामो समयसम्म कुनै निकास नदिई त्यतिकै राख्दा न्यायपालिकालाई थप क्षति पुग्न सक्ने हुँदा यस्ता कुराको समयमा नै समाधान खोजिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आलोचना, सरोकार चासो वा टिकाटिप्पणीलाई हल्का रुपमा लिएर वास्तविक समस्या पटापेक्ष गर्न खोजिए त्यो मुलुकका लागि दुर्भाग्य हुने भन्दै समाजले न्यायपालिकाको आन्तरिक शुद्धीकरण सुदृढीकरणका लागि नेपालको संविधानको दायराभित्र रहेर कदम चाल्न आह्वान गरेको छ ।

समाजले परिस्थितिको गम्भीरता र संवेदनशीलतालाई अबिलम्व मनन् गरी आ-आफ्नो संवैधानिक तथा कानुनी अधिकार र दायित्व निर्वाह गर्न सम्पूर्णमा अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : २५ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन