प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली « Khabarhub

प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए ।

‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उनले भने, ‘अपवित्र गठबन्धप्रति जनताको केही आश छैन ।’

त्यस्तै उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

उनले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उनले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : ४० बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई